site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्रमन्त्री–कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोन वार्ता, विपीनको खोजीमा सघाउन आग्रह 
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाइफीसँग टेलिफोनमा कुराकानी गरेका छन् । कतारका विदेश राज्यमन्त्रीसँग आइतबार उनले टेलिफोन वार्ता गरेका हुन् ।

फोनमा उनीहरूबीच नेपाल–कतार द्विपक्षीय सम्बन्ध, सहयोग र इजरायल र प्यालेस्टाइन क्षेत्रमा विकसित घटनाक्रमका विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि हराइरहेका नेपाली विद्यार्थी विपीन जोशीको खोजीमा सघाउन उनलाई आग्रह गरेका थिए । इजरायलका अस्पतालमा नभेटिएकाले हमासले विपीनलाई बन्धक बनाएर लगेको अनुमान गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हमाससँग कतार र इजिप्टको सम्बन्ध राम्रो छ । ती देशले हमासले अक्टोबर ७ मा इजरायलबाट बन्धक बनाएर गाजातर्फ लगेका १५० जनालाई छुटाउन भित्रभित्रै प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसैक्रममा परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्रीलाई फोन गरी विपीनलाई हमासले बन्धक बनाए/नबनाएको बारे बुझ्न आग्रह गरेका हुन् । बन्धक बनाएको भए छुटाउन पहल गरिदिन पनि उनले अनुरोध गरेको मन्त्रालय स्रोतको भनाइ छ ।

Global Ime bank

सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अप्रत्यक्ष रूपमा कतारका विदेश राज्यमन्त्री कुराकानी भएको उल्लेख गरे ।

मन्त्री साउदले भने, “हराएका विद्यार्थीका बारेमा इजरायल सरकार र इजरायलबाहेकका अरू खाडीका सरकारसँग पनि, जसको हमास समूहसँग पनि सम्पर्क छ भन्ने गरिन्छ, ती सरकारसँग पनि उचित समन्वय गरेर खोज्ने काम तीव्रतासँग गरिरहेका छौँ । आवश्यक ठाउँमा कुराकानी भइरहेको छ ।”

परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको विषय कतारका मिडियाले पनि उल्लेख गरेका छन् ।

कतारी मिडियाका अनुसार टेलिफोन वार्ताका क्रममा कतारका विदेश राज्यमन्त्री खलाइफीले प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा हिंसा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।

उनले तनाव घटाउन र युद्धबाट नागरिकलाई जोगाउन क्षेत्रीय र अन्तर्राष्ट्रिय संयुक्त प्रयासको आवश्यकतामा जोड दिएका थिए । परराष्ट्र मन्त्री साउदले उक्त क्षेत्रको तनाव कम गर्न निरन्तर प्रयास गरेकामा कतारलाई धन्यवाद दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement