site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने माओवादीको तयारी

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने तयारी गरेको छ । 

यस विषयमा सोमबार बसेको पार्टीको प्रदेश कमिटीमा छलफल भएको छ । मत दिने नदिनेबारे माओवादीको संसदीय दलको निर्णय हुन भने बाँकी छ ।

माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कार्कीलाई विश्वासको मत दिने विषयमा बैठकमा छलफल भएको बताए । 

कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन सोमबार सूचना दर्ता गराएका छन् ।

शनिबार संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसक८ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । 

गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्वोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कार्की एमालेका सांसदको साथ लिएर मुख्यमन्त्री बनेका हुन् ।‌
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro