site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झलनाथ खनाल चीनतर्फ प्रस्थान
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल चीनतर्फ प्रस्थान गरेका छन् ।

चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो बीआरएफमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

सो कार्यक्रममा सहभागी हुन नेता खनालका साथमा रविलक्ष्मी चित्रकार र प्रा. डा. युवराज संग्रौला पनि चीनतर्फ प्रस्थान गरेका छन् । खनालसहितको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro