site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक साताअघि २२१ जना हटाएको वीर अस्पतालले नर्ससहित ६३ कर्मचारी थप्ने

काठमाडौं । एक साताअघि २२१ जना करारका कर्मचारी हटाइएको वीर अस्पतालमा ६३ जना कर्मचारी थपिने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आइतबारको सिनेट बैठकले विभिन्न विभागका कर्मचारी थप्नका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

स्वीकृत दरबन्दी अनुसार ३० जना स्टाफ नर्स थपिने छन् । त्यस्तै, ईएनटी विभागमा एक, रेडियोग्राफर पाँच , एनेस्थेसिया सहायक पाँच, ल्याब टेक्निसियन पाँचजना थपिने छन् ।

त्यस्तै, फार्मेसी सहायक, इलेक्ट्रिसियन, प्लम्बर चालक तथा सहायकसहित ६३ जनाको दरबन्दी स्वीकृत भएको हो । स्वीकृत दरबन्दीमा राखिने कर्मचारीलाई न्याम्सको आन्तरिक स्रोतबाट तलब दिइने छ ।

थपिने ६३ जना कर्मचारीको तलबबापत अस्पताललाई वार्षिक पौने तीन करोड आर्थिक भार थपिने वीर अस्पतालका एक उच्च अधिकारी बताउँछन् ।  यसअघि कोभिडकालमा करारमा राखिएका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयमा असोज २१ गतेदेखि हटाइएको थियो । 

हटाइएका २२१ जना कर्मचारीको तलबबापत मासिक ९५ लाख रुपैयाँ सरकारले नै भुक्तानी गर्दै आएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro