site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रसारणलाइनको तार फेर्न सर्लाहीमा अवरोध, लोडसेडिङको अवस्था आउन सक्छ : कुलमान

काठमाडौं । सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारणलाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।

करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारणलाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा र क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ । उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनुपर्नेलगायत माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण यही असोज १९ गतेदेखि काम ठप्प रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Dabur Nepal
NIC Asia

प्राधिकरणले मकवानपुरको हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटरखण्डमा पर्ने पुरानो तारलाई बदलेर नयाँ राखी प्रसारण प्रणाली सुधार गर्न लागेको हो । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ प्रवाह थप सहज हुने, अतिरित्त विद्युत् ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ ।

लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब चार किलोमिटर तार फेर्ने काम रोकिएको छ । त्यसक्रममा टावरमा जोडिएको पुरानो तार काटेर अस्थायी रूपमा बाँधेर राखिएको छ । एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौँडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या भएकाले देशकै समग्र प्रणाली प्रभावित भइरहेको प्राधिकरणले जनाएको छ ।

कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायत समस्या आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

“नयाँ प्रसारणलाइन निर्माणमा जताततै अवरोध छ । अब ४०/४१ वर्षअघि बनेर चालु अवस्थामा रहेको लाइनमा समेत तार फेर्न खोज्दा अहिले आएर क्षतिपूर्तिको माग गर्दै अवरोध हुन थालेको छ । यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ? अवरोध हटाउन हाम्रो तर्फबाट सक्दो प्रयास र पहल भइरहे तापनि सफल हुन सकिरहेका छैनौँ,” उनले भने, “तत्काल काम गर्न सकेनौँ भने ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगन्जलगायत क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो संवेदनशील लाइनको काममा अवरोध नगरिदिन आग्रह गर्दछु ।”

१३२ केभी प्रसारणलाइनको मध्यविन्दुबाट दायाँबायाँ नौ/नौ मिटर मार्गधिकार तोकिएको छ । तार फेर्ने कार्यलाई खण्डखण्ड विभाजन गरी काम भइरहेको छ । पहिलो खण्डमा हेटौँडाबाट पथैलियासम्मको काम सम्पन्न भइसकेको छ । दोस्रो खण्डमा ढल्केबरबाट नवलपुरसम्मको तार फेर्ने काम भइरहेको छ । तेस्रो खण्डमा नवलपुरबाट रौतहटको चपुरसम्म र चौथो खण्डमा चपुरबाट पथैलियासम्मको तार पर्ने काम अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

एउटा सर्किटको काम सकिएपछि उक्त लाइनलाई चालु गरी अर्कोको तार फेर्न सुरु गरिनेछ । आयोजनाको काम ०८१ साल पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro