site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानको विजेतालाई पुरस्कार प्रदान
Tiktok banner adTiktok banner ad

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत पुरस्कार रकम हस्तान्तरण गरिएको छ । ओखलढुंगा मानेभञ्ज्याङका रजिन राईले प्राप्त गरेको पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले एक लाख रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् । २०८० असोज २२ गते सोमबार भएको लक्की ड्रमार्फत ओखलढुंगाका राईले एक लाख नगद लाख जितेका हुन् ।

डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेस, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबुक पेज र इमेज टीभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेकहप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान असोज १ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागु हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro