site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंकको लाभांश पारित, चार सञ्चालक निर्वाचित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ५.७९ प्रतिशत नगद लाभांश पारित गरेको छ ।बैंकले शुक्रबार १७औँ वार्षिक साधारणसभाबाट उक्त लाभांश पारित गरेको हो ।

सभाबाट प्रवलजंग पाण्डे, सीता कार्की (केसी), सजन शर्मा र दिग्विजय विष्ट बैंकको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस अवसरमा आ.व. २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७९/०८० को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भइ स्वीकृत भएको छ ।

सभाका अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराए । 

Royal Enfield Island Ad

साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम् राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको भण्डारीले जानकारी गराए । 

यसका साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पुर्‍याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

सिटिजन्स बैंकले १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूमार्फत १६ लाख ६२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ । 

बैंकले ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro