site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मानव अधिकार आयोगमा दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत द्वन्द्वसँग सम्बन्धित
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ । 

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेको पनि बताए । आयोगले सिफारिस गरेको १४ सय ३३ मध्ये पूर्णरूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । 

उनले सिफारिस पूर्णरूपमा कार्यान्वयन भएका १५.३० प्रतिशत रहेको बताए । आंशिक रूपमा लागु भएका ३९.२ प्रतिशत र लागु नभएको ४५.५ प्रतिशत रहेको बताए । 

उनले भने, "हालसम्म स्थापना कालदेखि कुल उजुरी १३ हजार २८६ आयोगमा आएका छन् । त्यसमा ८० प्रतिशत जति द्वन्द्वसँग नै सम्बन्धित रहेका छन् । हालसम्म कुल निर्णय भएको ९ हजार १३६ निवेदन आयोगमा आएका थिए, यसमा निर्णय भइसकेको छ । त्यसमध्ये कुल हामीले सिफारिस गरेको १४ सय ३३ अन्तिम राहत, पीडितलाई क्षतिपूर्ति, विभागीय कारबाही, कारबाही प्रक्रिया, दोषीलाई सजाय आदिमा हामीले १४ सय १३ वटा सिफारिस गरेका छौँ ।" 

अध्यक्ष मगरले आफूहरू आयोगमा आएदेखि २१८ सिफारिस गरेको, मुद्दा समाधान हुन बाँकी चार हजार १५० थान र छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्