site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसी परियोजनाअन्तर्गत नेपालमा सञ्चालित प्रसारणलाइनसम्बन्धी सबै ठेक्का रद्द

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सहयोगमा नेपालमा सञ्चालित परियोजनाअन्तर्गत प्रसारणलाइनसम्बन्धी सबै ठेक्का रद्द गरिएको छ । 

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ती सबै ठेक्का रद्द गरिएको शुक्रबार एक सूचना प्रकाशित गरी जानकारी दिएको हो । 

ठेक्काहरू ६१ प्रतिशत महंगो भएपछि रद्द गर्नुपरेको एमसीए–नेपाल स्रोतले बताएको छ । अब छिट्टै नयाँ बोलपत्र आह्वान गरिने स्रोतले जनाएको छ । 

प्रसारणलाइनको प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना, परीक्षण अन्तर्गतका सबै बोलपत्रहरू रद्द गरिएको सूचनामा उल्लेख छ । 

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा ४०० केभी प्रसारणलाइन, रातमाटे–नयाँ दमौली ४०० केभी प्रसारणलाइन, नयाँ दमौली–नयाँ बुटबल ४०० केभी प्रसारणलाइन र नयाँ बुटबल– नेपाल÷भारत सीमा ४०० केभी प्रसारणलाइनका ठेक्का रद्द गरिएका छन् । 

“प्राप्त बोलपत्रहरूको मूल्यांकन गरियो र मिलेनियम च्यालेन्ज कर्पोरेसन कार्यक्रमको बोलपत्र गाइलाइन्सको खण्ड पी१.ए.२.७५ र पी१.ए.२.७७ बमोजिम बोलपत्र मूल्यहरू मूल अनुमानभन्दा धेरै बढी भएकोले सबै बोलपत्र अस्वीकार गरियो,” एमसीए–नेपालले जारी गरेको सूचनामा बोलपत्र रद्द गर्नुको कारण भनिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro