राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भ्रष्टाचार रोक्नका लागि व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको बताएकी हुन् ।
उनले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरूको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताइन् । भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौती रहेको बताइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभइ कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० १७:४१
प्रतिक्रिया दिनुहोस्