site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीमा व्यक्तिले कति बचत राख्न पाउने ?, भएन उपसमितिमा सहमति

काठमाडौं । सहकारीमा व्यक्तिले कति बचत गर्न पाउने भन्ने विषय पेचिलो बनेको छ ।

सम्पत्ति शुद्धीकरण विधेयकको विषयमा दफावार छलफल गरेर कानुन समितिले प्रतिवेदन बुझाउन उपसमिति गठन गरेको थियो । गठित उपसमितिले प्रतिवेदन बनाएर बुझाएपनि सहकारीमा व्यक्तिगत बचतको विषयमा सहमति जुट्न सकेन ।

उपसमितिले प्रतिवेदनमा ‘विधेयकमा सहकारी ऐन, २०७४ को दफा ५२ मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुने गरी प्रस्ताव भएको विषय’ मा सहमति जुटाउन नसकिएको भनि प्रतिवेदन लेखेर कानुन समितिलाई मंगलबार उपसमितिले प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझाएपश्चात् सहमति जुटाउन कानुनमन्त्रीसहित समिति सभापति तथा कांग्रेस, एमाले, रास्वपाका सचेतकहरू बसेर सहमति जुटाउने प्रयास गरिएको थियो । तर, सहमति जुट्न सकेन ।

एमाले सचेतक महेश वर्तौलाले सहमति नजुटेको र भोलि पुनः छलफल हुने बताए ।

“उपसमितिको प्रतिवेदन आएपश्चात् हामीले बसेर सहमति जुटाउने प्रयास गर्यौं । तर, एक व्यक्तिले २५ लाख मात्र बचत गर्न पाउने कुरा मनासिव होइन भन्ने एमालेको बझुाइ हो,” उनले भने, “भोलि समिति बैठक बस्नुअघि पुनः हामी छलफलमा बस्छौँ ।”

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि सहमति हुन नसकेको बताए । “छलफलमा बस्यौं सहमति भने जुटेको छैन,” उनले भने ।

कानुन समितिले यहीँ विषयमा सहमति जुटाउन बुधबार दिउँसो १२ः १५ बजेका लागि बैठक बोलाएको छ । समितिले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयकलाई २५ गतेको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro