site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलमा रहेका नेपालीबारे राष्ट्रपतिको चासो, स्वदेश फर्काउन परराष्ट्रमन्त्रीलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहतलगायतका विषयमा सरकारसँग चासो व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतलनिवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी लिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

त्यसक्रममा उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । राष्ट्रपति पौडेलले नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्