site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी भएन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको बताएका छन् ।

पार्टीको समाजवादी जागरण अभियानअन्र्तगत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारविरुद्ध सरकारले अभियान सुरु गरेपछि विभिन्न प्रकरणहरु बीचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभएर भरियामात्रै समातिएको जिकिर गर्दै उनले समाजमा दलाल पूँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टचार अन्त्य हुन नसक्ने बताए ।

खनालले अर्धसामन्ती व्यवस्था र अहिलेको पूँजीवादी व्यवस्था शोषणमूलक व्यवस्था रहेकाले समाजबिना देशलाई निकास दिन नसक्ने बताए । उनले देशमा रोजगार नहुँदा युवाशक्ति विदेशी भूमिमा पलायन हुनु परेको भन्दै देशमा नै रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।

खनालले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरणलगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै अभियानले मुलुकलाई निकास दिने दाबी गरे ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्