राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको बहुमतको सरकारका लागि मिसन ०८४ भएको बताएका छन् ।
आइतबार सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले मिसन ०८४ एउटा चौतारी भएको बताए ।
“तपाईंहरु सही ढंगले गन्तव्य तय गरेर अघि बढ्नुुस् । मिसन ०८४ एउटा चौतारी, बास बस्ने ठाउँ, एउटा उचाइँको रुपमा,” उनले भने, “मिसन अर्थात् ०८४ एमालेको बहुमतको सरकार ।”
ओलीले देश अहिले अफ्ठ्यारो अवस्थामा रहेको बताए । “देश साँच्चै अफ्ठ्यारोमा छ । अफ्ठ्यारोतर्फ जाँदै छ,” उनले भने ।
उनले प्रदेश अधिवेशनबाट निर्वाचित हुने नेतृत्वले सुदूरपश्चिममा एमालेको नेतृत्व गर्नुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १६:४८
प्रतिक्रिया दिनुहोस्