site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
इजरायलमा सम्पर्कविहीन १२ नेपालीमध्ये एकजना भेटिए 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्यालेस्टाइनको चरमपन्थी समूह हमासले शनिबार बिहान इजरायलमा आक्रमण गरेपछि सम्पर्कविहीन बनेका १२ नेपालीमध्ये एकजना आइतबार सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका व्यक्ति दाङको दंगीशरण गाउँपालिका–३ का २३ वर्षीय प्रविण डाँगी हुन् ।

उनी सोरोका मेडिकल सेन्टरमा उपचार गराइरहेको अवस्थामा भेटिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“सम्पर्कविहीन बनेका १२ जनामध्ये एकजना प्रविण डाँगी अस्पतालमा उपचार गराइरहेको अवस्थामा भेटिएका छन्,” भण्डारीले बाह्रखरीसँग भने ।

सम्पर्कविहीन अरू ११ जनाको खोजीकार्य भइरहेको उनले जनाए ।

Global Ime bank

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । इजरायलमा हाल २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू अध्ययगन गर्न गएका हुन् ।

अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

किवुज अलुमिम स्थानमा अध्ययनरत १७ नेपालीमध्ये दुईजना सकुशल रहेका, स्थानीय अस्पतालमा तीन घाइतेको उपचार भइरहेको थियो । बाँकी १२ सम्पर्कविहीन थिए । सम्पर्कविहीनमध्ये आइतबार एकजना भेटिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !