site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति बेलायततर्फ प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा बेलायततर्फ प्रस्थान गरेका छन् । औपचारिक भ्रमणका निम्ति उनी आइतबार त्यसतर्फ गएका हुन् ।

प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षासचिव किरणराज शर्मा र बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरे । त्यसअघि, प्रधानसेनापतिलाई जंगीअड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

Dabur Nepal
NIC Asia

भ्रमणका क्रममा उनले बेलायती समकक्षी जनरल सन्डर्ससँग शिष्टाचार भेटघाट गर्नेछन् । उनले बेलायती सेनाका अरू विशिष्ट व्यक्तिसँग पनि भेटघाट र गोरखा बटालियनको समेत भ्रमण गर्नेछन् ।

प्रधानसेनापतिको भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल र प्रधानसेनापतिका स्टाफ अधिकृत सहभागी छन् । उनको अनुपस्थितिमा बलाधिकृत रथी राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मा यही असोज २७ गते स्वदेश फर्कने तय छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro