site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलमाथि आक्रमणको एनआरएनएले गर्‍यो भर्त्सना

काठमाडौं । इजरायलमा शनिबार भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भत्सर्ना गरेको छ । विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको छ ।

"गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

आक्रमणमा परी इजरालयमा रहेका ९ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको विज्ञप्तिमा जनाएको छ ।

NRNA-1696729294.jpg

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro