site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रस्थित ठाणे सहरमा कोभिड–१९ का कारण एक बिरामीको मृत्यु भएको छ । ठाणे नगर निगमले यो जानकारी दिएको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा दिइएको जानकारी अनुसार, हाल महाराष्ट्रमा कोरोनाका ५६ सक्रिय केसहरू छन् ।

Argakhachi Cement Island Ad

बीबीसी मराठीका अनुसार, ठाणेमा कोरोनाबाट मृत्यु भएका युवक २१ वर्षका हुन् । उनलाई गम्भीर मधुमेहका कारण मे २२ मा अस्पताल भर्ना गरिएको थियो । यसपछि, शुक्रबार अर्थात् मे २३ मा उनको कोरोना परीक्षण पोजेटिभ आयो ।

यसैबीच, नोएडामा एक ५५ वर्षीया महिलामा कोभिड–१९ पोजेटिभ पाइएको छ । यो जानकारी गौतमबुद्ध नगरका सीएमओ नरेन्द्र कुमारले दिएका हुन् ।

उनले भने, "आरटीपीसीआर परीक्षणपछि गौतमबुद्ध नगरमा कोरोनाको यो केस पुष्टि भएको छ । यसपछि, हामी कोभिडसँग लड्ने तयारीमा परीक्षणको लागि हाम्रो सबै रसद उपलब्ध गराउँदैछौँ ।"

सीएमओले भने, "आत्तिनु पर्ने कुनै आवश्यकता छैन ।"

हालै भारतलगायत धेरै एसियाली देशहरूमा कोरोनाका नयाँ केसहरू फेरि देखा पर्न थालेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०६:२२
प्रतिक्रिया दिनुहोस्