site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानसेनापति आइतबार बेलायत जाँदै
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार बेलायत भ्रमणमा जाने भएका छन् । बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा शर्मा बेलायत जान लागेका हुन् ।

भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।

उनी असोज २६ गतेसम्म बेलायतमा रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्