site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनगढी–दिपायल द्रुतमार्ग कालोपत्रे चाँडै
फाइल तस्बिर ।

गोदावरी (कैलाली) ।  धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्रे हुने भएको छ । सडक कालोपत्रेका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ ।

योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्रे गर्ने तयारी थालिने छ । गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रेको काम एक महिनापछि हुने योजना कार्यालयले जनाएको छ । 

Dabur Nepal
NIC Asia

धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रेका लागि २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता भएको थियो । 

कैलालीमा थप साढे ६ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको प्रमुख रावलले बताउए । उनका अनुसार चार खण्डमा सडक कालोपत्रेको काम हुँदैछ । ठेक्का भएका चार सडकको भौतक प्रगति औसतमा ६५ प्रतिशत भएको जनाएको छ ।

डोटीमा ६ किलोमिटर कालोपत्रे गरिएको छ । डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा एक महिनापछि कालोपत्रेको काम सुरु हुने छ । द्रुतमार्गको ४३ दशमलव आठ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भएकामा ६५ प्रतिशतमात्र काम पूरा भएको छ ।
  
धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ सालमा पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलव चार किलोमिटरमा कालोपत्रे गर्न १६ करोड ४० लाखमा ठेक्का भएको थियो । दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गर्दैछ । 

विसं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अलपत्र परेकामा चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको छ ।

विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएको थियो । पछि पूर्व–पश्चिम राजमार्गबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरमा काम भइरहेको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro