site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इटहरी उपमहानगरबाट श्रम स्वीकृति प्रदान गर्न सुरु
Sarbottam CementSarbottam Cement

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ ।   

वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई श्रम स्वीकृति दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परिपत्र गरेको उपमहानगरपालिकले जनाएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

परिपत्रअनुसार  इटहरीका मेयर हेमकर्ण पौडेलले रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरूवात गरेका छन् ।

वैदेशिक रोजगारमा जानेले काठमाडौं गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता हटेको मेयर पौडेलले बताए ।

Global Ime bank

"स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पर्थ्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ”, उनले भने ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने इटहरी उपमहानगरले जनाएको छ ।

“पहिला पहिला श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्थ्यो, एजेन्ट लगाउनुपर्थ्यो। पैसा पनि बढी तिर्नुपर्ने गुनासो आउने गरेको थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा खुसी भए," राईले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement