देश
काठमाडौं । काभ्रेपलाञ्चोकमा मोटरसाइकलको ठक्करबाट शनिबार बिहान एकजनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–११, आईटी पार्कनजिक बा.प्र.०२–००७–प २९७८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
पैदलयात्री सोही ठाउँका ६० वर्षीय कैलाश थापाको मृत्यु भएको हो । ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । शिर मेमोरियल हुँदै उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० २०:०७
प्रतिक्रिया दिनुहोस्