site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

दलको शुक्रबार बसेको बैठकले कार्कीलाई मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले असोज २० गतेभित्र  विश्वासको मत लिनुपर्ने हुन्छ ।  

कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई बदर गरी कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएको थियो । 

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट मन्त्रालयगत रुपमा कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । 

कार्कीले भने, “एमाले बाहेकका दलसँग छलफल नै नगरी ल्याएको बजेट सदनबाट पारित नभएको अवस्थामा कार्यान्वयन गर्न प्रदेश मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि भएको छ ।” 

अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा कांग्रेसको भूमिकाको विषयमा समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए । 

भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ ।

कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन विधेयक दर्ता गराई यसै हप्ता सभाको बैठक डाकेर पारित गराउने तयारी थालेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro