site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गभर्नर र बोर्डका अध्यक्षबीच सेयर बजारमा १२ करोडको सीमाबारे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच सेयर बजार सुधारका विषयमा छलफल भएको छ । सोमबार राष्ट्र बैंकमा बजारमा भएको समस्या र त्यसको सुधारका विषयमा छलफल भएको बोर्डका अध्यक्ष हमालले जानकारी दिए ।

छलफलमा सेयर बजारमा कायम रहेको १२ करोडको सेयर धितो कर्जाको सीमाबारे पनि छलफल भएको उनले बताए ।

“हाल १२ करोड रहेको सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ कति पुर्‍याउने र संस्थागततर्फ कति पुर्‍याउने भन्ने विषयमा पनि छलफल भएको छ,” उनले भने, “बजारमा कन्फिडेन्ट कम भएको छ । त्यसलाई कसरी बढाउने भनेर पनि छलफल भएको छ । सीमाको विषयमा राष्ट्र बैंकले सर्कुलरबाट प्रस्ट पार्ने छ ।”

भेटमा प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न दिने विषयमा पनि छलफल भएको उनले बताए । प्राइभेट इक्विटी फन्डमा बैंकहरूलाई कुनै एउटा सीमा तोक्ने पनि छलफल भएको उनको भनाइ छ ।

राष्ट्र बैंकले दसैँ अगाडि नै सर्कुलर जारी गर्ने गरी तयारी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro