site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको आपत्ति : राष्ट्रिय परिचयपत्र बनाउँदा टोपी खोल्नुपर्ने, सिन्दुर पुछ्नुपर्ने ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्र बनाउँदा टोपी खोल्नुपर्ने विषयमा आपत्ति जनाएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा सोमबार वाग्मती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महिलाले सिन्दुर पुछ्नुपर्ने भन्दै आपत्ति जनाए । 

“अब त नेपालीले परिचयपत्र बनाउँदा टोपी लगाएर होइन फुकालेर मात्रै खिच्न पाइन्छ । नेपालीको टोपी फुकालेर परिचयपत्र बनाउनुपर्ने ?,” ओलीको प्रश्न छ, “हाम्रा दिदीबहिनीहरूले सिन्दुर पुछेर पखालेर, पोते खोलेर फोटो खिच्नुपर्ने ?” 

उनले सिन्दुरपोते श्रीमान्‌को अवसानमा खोल्ने भन्दै नमिल्ने बताए । त्यस विषयमा सरकारको ध्यानाकर्षण पनि गराए । 

पहिचानका नाममा लड्नेहरूलाई यस्ता विषयमा लड्न पनि आग्रह गरे । 

“आज पहिचान पहिचान भनेर लड्ने मान्छेहरू यस्तो विषयमा नलड्ने । भाँडभैलो मच्चाउने विषयमा लड्ने ?,” उनले भने, “सिन्दुरपोते, टोपी हाम्रो पहिचान हो । लगाउन मन नलाग्नेले नलाएहुन्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro