site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फार्मेसी क्षेत्रलाई व्यवस्थित गर्न अब निरन्तर अनुगमन हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रलाई व्यवस्थित गर्न निरन्तर अनुगमन गरिने बताएका छन् । विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नतेले फार्मसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निरन्तर अनुगमन र कारबाही गर्ने बताए ।

उनले फार्मेसी सञ्चालक आफैँले पनि सुधारका काम अघि बढाउन निर्देशन दिए । मन्त्री बस्नतेले गैरफार्मसिस्टलाई फार्मेसीमा राख्ने कामले बिरामीको स्वास्थ्यमाथि खेलबाड हुने गरेको भन्दै सचेत गराए ।

Dabur Nepal
NIC Asia

उनले स्वास्थ्य क्षेत्र सुधारका लागि आफूले कार्यभार सम्हालेदेखि निरन्तर लागिपरेको र यसमा सबैको साथ आवश्यक पर्ने धारणा राखे ।

प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्वभर फार्मेसी दिवस मनाइँदै आएको छ । यसवर्ष 'स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro