site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन तस्करीमा सत्तारूढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान भएन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारूढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले सो प्रकरणमा सत्तारूढ दलका मानिसमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । उनले अनुसन्धान हेर्दा भद्दा मजाकजस्तो देखिएको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भए पनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी उनले गरे । शंकाको घेरामा रहेका व्यक्तिहरू मोबाइल फर्म्याट गरेर प्रहरीकामा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनी आशंका व्यक्त गरे ।

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले ‘सुनपानी छर्कने’ काम गरेको बताए । अनुसन्धान अपुरो भएको भन्दै उनले अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुन सक्ने आशंका व्यक्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro