site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको आरोप : सरकारले सुन तस्करी गरिरहेको छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् ।

स्वर्ण युगको झल्को दिने गरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको आरोप छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे ।

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए । उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए ।

“चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुद्ने ? मैले अघि नै भनेको छु– सरकारको आलोचना खास गर्न चाहन्नँ । तर, अवस्था नाजुक छ,” उनले भने, “धेरै नाजुक छ । र, धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यस स्थितिमा परिवर्तन ल्याउनै पर्दछ ।”

अध्यक्ष ओलीले देशको मूल्यमा कुनै पनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro