site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डिजिटल बैंक स्थापना गर्न कानुन संशोधन गरिने
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्थ मन्त्रालयले डिजिटल बैंक स्थापना गर्न कानुन संशोधन गर्ने भएको छ । असोज २ गते बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैंक स्थापना गर्ने सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, नेपाल राष्ट्र बैक ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐनहरू संशोधन गर्न प्रक्रिया अगाडि बढाउने पनि निर्णय भएको छ ।

Agni Group

वित्तीय मध्यस्थता लागत कम गर्ने सम्बन्धमा गर्नुपर्ने सुधारको विषयमा सम्बन्धित निकायले नीति एवम् कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाउने पनि निर्णय भएको छ । वित्तीय क्षेत्र, पुँजीबजार र बिमा क्षेत्रको गतिविधि एवम् नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्न छलफल भएको छ ।

सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा अध्ययन प्रतिवेदन समेतलाई आधार मानी पुनरावलोकन गरिने पनि निर्णय भएको छ ।

Global Ime bank

उत्पादनशील क्षेत्रमा वित्तीय साधन परिचालन गर्नेगरी वित्तीय क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरी लघुवित्त संस्थाबाट भइरहेको कर्जा व्यवस्थापन सम्बन्धमा प्रभावकारी नियमन गर्ने निर्णय गरिएको छ । 

निर्णयहरू कार्यान्वयनका लागि सम्वन्धित निकायले दुई हप्ता भित्र कार्य योजना तयार गरी समितिको अर्को बैठकमा पेस गर्ने निर्णय भएको छ ।

समितिको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलगायत वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu