site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
क्यानडामा पहिलो संगीत यात्रा गर्दै नेपथ्य

काठमाडौं । नेपथ्यले पहिलोपटक क्यानडाको संगीतयात्रा गर्ने भएको छ । निर्धारित तालिकाअनुसार अक्टोबर १ तारिखमा नेपथ्यले आफूलाई क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा उभ्याउनेछ । त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर सहरको 'दी भोग थिएटर' मा हुनेछ । यी दुवै सहर क्यानडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम शो टोरन्टोका दर्शक माझ हुनेछ । अक्टोबर ८ तारिख ब्याण्ड टोरन्टोकै ‘म्यासी हल’मा प्रस्तुत हुनेछ ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ ।

केही समययता नेपालीका निम्ति क्यानडा आप्रवासनको आकर्षक गन्तब्य बन्दै आएको छ । त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहको संख्या बर्षेनि बढ्दो छ । बढ्दो जनसंख्यासँगै यहाँका नेपाली संघसंस्थाले आयोजना गर्ने विभिन्न खाले सांगीतिक कार्यक्रमहरुको संख्या पनि नियमित बन्दै गएको छ ।

Dabur Nepal
NIC Asia

नेपालयले उचित व्यवस्थापनमार्फत नेपथ्यको प्रस्तुतिमा एकरुपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राबिधिकहरुलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ । अघिल्लो महिनाको श्रृंखलावद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मी सहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेस हुने छन् ।

ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङले  प्रसंशकहरुले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दूरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहेको भन्दै आभार प्रकट गरेका छन् ।

क्यानडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

क्यानडाका तीनवटै सहरहरुमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको ५ बजे प्रवेश खुला गरिनेछ भने ७ बजे कन्सर्ट सुरु हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro