site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धितोपत्र बोर्डको कारबाहीमा केयर रेटिङ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले केयर रेटिङलाई कारबाही गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले केयर रेटिङलाई नगद जरिवाना गर्ने निर्णय गरेको हो । 

बोर्डका एक सदस्यका अनुसार केयर रेटिङले केयर रेटिङ नियमावलीविपरीत कार्य गरेकाले कारबाही गरिएको हो । कारबाहीस्वरूप केयरलाई ५० हजार जरिवाना गरिएको छ । 

नियमविपरीत बैंकको ऋणका लागि रेटिङ गरेपछि बोर्डले गत पुस २८ गते केयर रेटिङलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेर पनि कारबाही नगरेको भनेर बोर्डको चौतर्फी आलोचना भएको थियो ।

केयर रेटिङले चित्तबुझ्दो जवाफ पेस नगरेपछि बोर्डले कारबाही गरेको ती सदस्यले बताए ।

Global Ime bank

केयर रेटिङले आफ्नै समूहको लगानी भएका कम्पनीको रेटिङ गर्दै आएको थियो । बोर्डले स्पष्टीकरण सोधेपछि केही कम्पनीको रेटिङ फिर्ता पनि गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu