site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजार अनुगमन गर्न उद्योग समितिले उप–समिति गठन गर्ने

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गर्न उप–समिति गठन गर्ने भएको छ । 

सभापति अब्दुल खानको संयोजकत्वमा चार सदस्यसहितको उप–समिति गठन गर्ने भएको छ । आइतबार समितिको बैठकले आगामी बैठकमा कार्यविधिसहित उप–समितिको टुंगो लगाउने निर्णय गरेको हो ।

“दैनिक उपभोग हुने खाद्य सामग्रीहरू नुन, तेल, चामल, दाल, तरकारी दूध पानी औषधि लगायतका वस्तुहरूमा दसैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरी मूल्य वृद्धि, कालो बजारी, मिसावट, कृतिम अभाव लगायतका विषयमा देशका विभिन्न स्थानमा समितिले स्थलगत भ्रमण गर्ने,” उनले भने, “उक्त अनुगमन उप–समितिमा माननीय सभापतिको नेतृत्वमा समितिका चारजना माननीय सदस्यहरू र दुईजना कर्मचारी साथीहरू रहने । साथै टोलीले अनुगमनको कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउने ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro