देश
काठमाडौं । फार्मेसी सहायकको नाम दर्ता लाइसेन्स परीक्षाको नतिजामा यसपटक केही सुधार देखिएको छ ।
नेपाल फार्मेसी परिषद्ले शनिबार सञ्चालन गरेको २३औँ परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परिषद्का अनुसार परीक्षामा सहभागी एक हजार ९८५ मध्ये ७९५ जना उत्तीर्ण भएका हुन् । फार्मेसी सहायकको पछिल्ला दुईवटा २२औँ र २१ औँ परीक्षामा क्रमश ३४ र १६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।
नतिजा परिषद्को वेभसाइटमा गएर हेर्न सकिनेछ ।
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८० १२:२८
प्रतिक्रिया दिनुहोस्