राजनीति

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले पार्टीका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङप्रति कवितामार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार उनले ‘मित्र’ नेम्वाङको स्मृतिमा कविता लेखेका हुन् ।
नेम्वाङको निधनले ‘इलामको डाँडा अँध्यारो भएको, पुष्पको सुवास गएको’ भन्दै उनले कवितामार्फत श्रद्धासुमन अर्पण गरेका छन् । दुःख व्यक्त गरेका छन् ।
संविधानसभा अध्यक्ष र प्रतिनिधिसभा सदस्य समेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । गएको मंगलबार बिहान उनको निधन भएको थियो ।
कविता पढ्नोस्–
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० ११:५०
प्रतिक्रिया दिनुहोस्