site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभर आंशिक बदली, हल्कादेखि मध्यम वर्षा हुने
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै, नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानलगायत देशका  पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ  गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि शुक्रबार वाग्मती, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानका साथै लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी  वर्षाको समेत सम्भावना रहेको छ ।

Global Ime bank

भदौ ३० गते शनिबार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय