site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सहपाठी’ नेम्वाङलाई यसरी सम्झिए झलनाथ खनालले
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले नेम्वाङको परिवारजनमा गहिरो समवेदनमा प्रकट गरेका छन् ।

मंगलबार बिहान शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

“संविधानसभाका अध्यक्ष, नेकपा (एमाले) पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य कमरेड सुवासचन्द्र नेम्वाङको आज बिहान हृदयाघात भएर असामयिक निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ,” उनले शोक वक्तव्यमा लेखेका छन्, “यस दुःखद घडीमा सर्वप्रथम म भद्र नेता कमरेड सुवासचन्द्र नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, उहाँकी जीवनसंगिनी तथा उहाँको शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।”

उनले नेम्वाङ आफ्नो कक्षा–७ देखिको सहपाठी भएको स्मरण गरेका छन् । नेम्वाङ र आफूले माध्यमिक शिक्षा सँगै पढेको उनले बताएका छन् ।

खनालले त्रिचन्द्र कलेजमा आफूहरूले आईएससी सँगै पढेको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको उल्लेख गरेका छन् ।

आफूले नै नेम्वाङलाई ०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित गरेको र लामो समय सँगै काम गरेको उनले स्मरण गरेका छन् ।

“सुवासचन्द्र नेम्वाङ मेरो सातौँ कक्षादेखिको सहपाठी साथी हुनुहुन्थ्यो । हामीले माध्यमिक शिक्षा सँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आईएससी सँग पढ्यौँ । हामीले त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्‍यौँ,” उनले लेखेका छन्, “मैले नै वहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेको हो । कोअर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म वहाँ र म एउटै पार्टीमा लामो समय सँगै काम गर्‍यौँ ।”

आफूहरू पटक–पटक सांसद भएको र एउटै समयमा देशको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको पनि उनले स्मरण गरेका छन् ।

झलनाथ खनालको शोक वक्तव्य पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro