site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मंगलबार शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

सभामुख घिमिरेले नेम्वाङको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको उल्लेख गरेका छन् । प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस आफूले गरेको उनले बताएका छन् ।

“संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १ः३० बजे अप्रत्यासित निधनले मर्माहित भएको छु । उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ,” घिमिरेले शोक वक्तव्यमा लेखेका छन्, “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । संविधानसभाबाट नेपालको संविधान जारी गराउन नेम्वाङको महत्त्वपूर्ण भूमिका रहेको उनले स्मरण गरेका छन् ।

“संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधि सदस्य, नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १ः३० बजे भएको अप्रत्यासित निधनले मर्माहत भएको छु । २०६२/०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँले खेलेको तत्त्वदायी अनुकरणीय भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहनेछ । नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो,” अध्यक्ष तिमिल्सिनाले शोक वक्तव्यमा लेखेका छन्, “उहाँको सुझबुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरूपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य छ । उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी,  असल र लोकप्रिय संसद् एवं संसद्को पूर्वनेता गुमाएको छ । राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त, इमानदार नेता गुमाएको छ । दुःखको यस घडीमा नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro