site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
मोरक्कोमा भूकम्प : ५० नेपाली दूतावासको सम्पर्कमा

काठमाडौं । अफ्रिकी राष्ट्र मोरक्कोमा रहेका सबै नेपाली सुरक्षित रहेको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । इजिप्टस्थित नेपाली दूतावासले मोरक्कोसहित १७ देशलाई हेर्ने गर्छ ।

शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मोरक्कोमा दुई हजारजनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । मोरक्कोमा भूकम्पपछि खोजी तथा उद्धारकार्य जारी छ ।

Dabur Nepal
NIC Asia

“मोरक्कोमा रहेका ५० जनाजति नेपालीहरू दूतावासको सम्पर्कमा आउनुभएको छ । त्यहाँ रहेको नेपालीको संख्या लगभग यति नै हो,” मोरक्को समेत हेर्ने जिम्मेवारी पाएका इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले बाह्रखरीसँग भने, “अप्रिय समाचार आएको छैन । सबै नेपाली सुरक्षित नै हुनुहुन्छ ।”

शुक्रबार अबेर राति मोरक्कोमा ६ दशकयताकै सबैभन्दा ठूलो भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्कँदा पुरिएर हालसम्म दुई हजार १२ जनाको मृत्यु भएको अमेरिकी न्युज च्यानल सीएनएनले जनाएको छ ।

भूकम्पका कारण संरचना भत्कँदा पुरिएर गम्भीर घाइते भएका एक हजार ४०४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको काशाब्लाङ्का आसपासका क्षेत्रमा नेपाली बसोबास नगर्ने उनले बताए । “अधिकांश नेपाली मोरक्कोको राजधानी रबातमा बसोबास गर्नुहुन्छ । राजधानी सहरमा भूकम्पले असर गरेको छैन,” राजदूत लम्सालले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro