देश

काठमाडौं । गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्याली निकालिएको छ । वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण र्याली निकालिएको हो ।
गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै र्यालीका सहभागीले नारा लगाएका थिए । उनीहरूले क्रिस्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई आग्रह गरे ।
नेपालमा धर्म–संस्कृतिविरोधी गतिविधि बढेकाले आफूहरूले त्यसको संरक्षणका निम्ति प्रदर्शन गर्नुपरेको र्यालीमा सहभागीले बताएका छन् । राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरूले नेपाल हिन्दुराष्ट्र नै कायम हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १४:३२
प्रतिक्रिया दिनुहोस्