site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आईएफबीले ल्यायो नयाँ रेफ्रिजरेटर
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईएफबीले नेपालमा नयाँ रेफ्रिजरेटरहरू सार्वजनिक गरेको छ । 

घरायसी सामानहरूमा प्रसिद्ध विश्वव्यापी ब्रान्ड आईएफबीले नेपालमा पहिलोपटक आफ्नो उन्नत रेफ्रिजरेटरहरू बजारमा ल्याएको हो । 

नेपालमा आईएफबी होम अप्लाइन्सेसको आधिकारिक वितरक द सागतानी एक्जिम प्रा.लिले शुक्रबार औपचारिक शुभारम्भ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लन्च गरिएका मोडलहरू फ्रोस्ट फ्री र डाइरेक्ट गरी दुई किसिमका छन् । नयाँ मोडलका फ्रिजहरू ३२ हजार ९०० देखि ७२ हजार ९०० रुपैयाँसम्मका रहेका छन् ।

फ्रिजहरूमा कपर (इन्फ्युज्ड डुअल कन्ट्रोल टेक्नोलोजी, ३६० डिग्री सराउण्ड कुलिङ ७) इन १ कन्भर्टेबल, डोर अलार्म, एप बेस्ड कन्ट्रोल, स्मार्ट लाइट डिओडोराइजर स्मार्ट कन्ट्रोल प्यानल र एन्टी ब्याक्टेरियल जस्ता अत्याधुनिक सुविधाहरू छन् ।

Global Ime bank

ग्यास्केट रेफ्रिजरेटरहरूमा कडा ग्लास सेल्फहरू, एल्युमिनियम इन्फ्युज्ड आइस ट्रे र अन्य धेरै फरक उच्च गुणस्तरका सामग्रीहरू समावेश रहेका छन् ।

फ्रिजमा कम्प्रेसरमा १० वर्षको वारेन्टी र एक वर्षभरी सेवा सुविधा रहेको बताइएको छ ।

लन्च कार्यक्रमपछि सोही साँझ एक डिलर भेटघाट कार्यक्रमको पनि आयोजना गरिएको थियो । यस कार्यक्रममा नेपालभरबाट २०० भन्दा बढी डिलरको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।

भारतको निर्यात बिक्री तथा मार्केटिङ प्रमुख सलाम सोनामणी सिंहले नेपालमा आईएफबी उपकरणहरूको राम्रो भविष्यप्रति आशावादी भएको बताएका छन् । 

उनले भने, “आईएफबी लामो समयदेखि मुख्यतया वासिङ मेसिन क्षेत्रको बजारमा अग्रणी रहेको र नेपाली बजारमा प्रवेश गरेको १८ वर्ष मात्रै भएको भए पनि ग्राहकहरूबाट अत्याधिक राम्रो प्रतिक्रिया पाएका छौँ । हाम्रो रेफ्रिजरेटरहरू नेपालमा पनि उत्पादन पोर्टफोलियो विस्तार गर्ने निर्णय गरेका छौँ । साग्तानी समूह जस्तो प्रतिबद्ध साझेदारको साथमा हामी विश्वस्त छौँ कि हामी अधिकतम नेपाली ग्राहकहरूसम्म पुग्न, उनीहरूको आवश्यकता पुरा गर्न र उनीहरूको अपेक्षाभन्दा बढी गर्न सक्षम हुनेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय