site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मालवाहक ढुवानी सवारीसाधनले मात्र सामान बोक्नुपर्छ : यातायात व्यवसायी
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवसायीले प्रयोजनविपरीतका सवारीसाधनले गरिरहेको ढुवानी तत्काल रोक्न सरकारसँग माग गरेका छन् । एउटा प्रयोजनका लागि ल्याइएका सवारीसाधन पछिल्लो समय मालवाहक वा यात्रीवाहकका रूपमा प्रयोग बढेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न व्यवसायीले माग गरेका हुन् ।

सार्वजनिक यातायात र निजी प्रयोजनका लागि दर्ता गरिएका सवारीसाधन प्रयोजनानुसार प्रयोग गरे/नगरिएको जाँच गरी कारबाही गर्न व्यवसायीले सरकारलाई आग्रह गरे । निजी प्रयोजनका लागि दर्ता गरिएका सवारीसाधनले यात्रा र ढुवानी सेवा दिन नपाउने कानुनी व्यवस्था रहेको उनीहरूले बताए ।

सार्वजनिक र निजीका विषयमा स्पष्ट नीति नहुँदा मालवाहक सवारीसाधन चलाउन नसक्ने अवस्था उत्पन्न भएको व्यवसायीको भनाइ छ ।

बिहीबार आयोजित एक कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले प्रयोजनविपरीत चलाइने सवारीसाधनलाई सरकारले कडाइ गर्नुपर्नेमा जोड दिए । उनले कृषिका लागि दर्ता गरिएका ट्याक्टरले ढुवानी गर्न नपाउने जिकिर गरे । बालुवा, गिट्टी, रड र सिमेन्ट बोक्नका लागि ट्याक्टर प्रयोग गरिएको भन्दै उनले सरकारले तत्काल रोक्नुपर्ने माग गरे ।

निजी प्रयोजनका लागि दर्ता गरिएका सवारीसाधनले ढुवानी गर्न नपाउने भनेर महासंघले सबै निकायलाई पत्र पठाएको उनले जानकारी गराए ।

उनले सरकारले भारतीय मालवाहक सवारीसाधनलाई ७२ घण्टाको परमिट सुविधा दिनु गलत भएको पनि बताए । ७२ घण्टामा देश नै घुमिसक्ने भन्दै नेपालमा मालवाहक सवारीसाधन घर–ग्यारेजमा थन्काउनुपरेको उनले बताए ।

“सरकारले भातीय मालवाहक सवारीसाधनलाई ७२ घण्टाको परमिट सुविधा दिएको छ । ७२ घण्टामा देश नै घुमिसक्छ । तर, नेपालमा मालवाहक सवारीसाधनहरू घर–ग्यारेजमा थन्किनुपरेको छ । त्यो मात्रै नभएर सार्वजनिक यात्रीवाहक यातायात र ट्याक्सीको हालत त्यही छ,” उनले भने, “प्रयोजनविपरीतको रातो प्लेटको सवारीसाधनलाई महासंघमा सदस्यता दिने गरेको थियो, त्यो हुँदैन । प्रयोजनविपरीत, कृषिमा सुविधा लिएर जोत्नको लागि सवारीसाधन बनाएको हो, बालुवा, गिट्टी रडछड र सिमेन्ट बोक्नको लागि गरिएको होइन । महासंघको विधानबाट हटाउनुपर्छ भनेर हटाएका छौँ । महासंघले प्रयोजनविपरीतको सवारीसाधनले प्रयोजनविपरीत यात्रा गर्न पाउँदैन । मालवाहक ढुवानी गर्न पाउँदैन भनेर महासंघले सबै सरकारी निकायहरूलाई पत्र पठाएका छौँ ।”

नेपाल यातायात राष्ट्रिय महासंघका कोषाध्यक्ष रामबाबुशिवु तामाङले सार्वजनिक यातायात व्यवसायीलाई राज्यले दुस्मन बनाउने काम गरेको बताए । प्रयोजनविपरीत सञ्चालन गरिने सवारीसाधनलाई कडाइका साथ सरकारले कारबाही गर्नुपर्ने उनले माग गरे ।

निजी प्रयोजनका लागि लिइएको सवारीसाधन त्यहीअनुसार प्रयोग गर्नुपर्ने भन्दै उनले अन्यन्त्र लगेर ढुवानीलगायत कार्य गरिए राज्यले कारबाही गर्नुपर्ने बताए ।

यस्तै, नेपाल यातायात राष्ट्रिय महासंघका मालवाहक समिति सभापति नवीन प्रजापतीले नेपालमा दिउँसोको समयमा मालवाहक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउनु गलत भएको बताए । मालवाहक ठूला टिपरहरू राति ९ देखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था तत्काल खारेज गर्न उनले माग गरे ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro