site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दलहरु सकिँदा आउने को ?

दल र तिनका शीर्ष पदासीन नेताप्रति व्यापक असन्तुष्टि छ । कतै ठूलै विद्रोहको भुँग्रो तयार हँुदैजस्तो । त्यस्तो असन्तुष्टि कति स्वाभाविक र कति त्यसैमा थपिएको प्रायोजन हो निक्र्योल गर्नै  असम्भव लाग्दैछ । 

देशमा राजनीतिक रिक्तताको खाडल जति गहरिँदै जान्छ त्यति नै राजनीतिक जोखिम पनि विस्तार हुन्छ । किनभने त्यस्तो रिक्तता रोक्ने वा भर्ने दलहरूले हो । तिनै दल जनविश्वासमा सीमान्तकृत हुदै गए तिनको खाली ठाउँ भर्ने कसले हो ? नेपाल लामो समयदेखि यस्तै जोखिमको शृंखला जोडिँदै यहाँसम्म आइपुगेको छ ।

समालिने समय त सबैलाई थियो । सच्चिने कि सिद्धिने चुनौती पनि सबैले बुझेको र भनेकै कुरा हो । नेताहरूलेमात्र बुझेनन् भन्नु अबुझ तर्क हुन्छ । बरु बुझ पचाए वा द्रव्य पिचास र सत्तास्रोतले ग्रसित ‘धृतराष्ट्र’ भइदिए भन्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यही, यस्तै प्रवृत्तिले नेपाली राजनीतिलाई चुनौती ग्रस्त बनाएको हो । प्रवृत्ति नै अहिलेको अविश्वास र असहयोगको कारण हो । यही कारण बहुदलीय लोकतान्त्रिक पद्धतिमा रिक्तताको जोखिम बढेको हो । रिक्तता वा खाली ठाउँ कसले भर्छ ? कोही, कतै देखिन्छ त सुपात्र ? छैन, त्यसैले देखिँदैन ।

यसको अर्थ त्यो खाली ठाउँ बढ्दै गए त्यहाँ कुनै ‘लोकप्रियतावादी’ कुपात्रले भर्नेछ । त्यसपछि बुरुबुरु गर्नेहरू त भइहाले अझ तिनकै कारण निर्दोष, निमुखा पनि कुपात्रको कठोर बुटमुनि च्यापिने छन् । ऐया,आथ्थुको त गुञ्जायस नै खतम हुनेछ । लोकतन्त्रको मुखबन्दीका यस्ता नमुना विश्वमा थुप्रै छन् । नाम लिइरहनु परोइन ।          

Global Ime bank

बहुदलीय संसदीय प्रणाली मान्नु दलहरूको बाहुल्य स्वीकार्नुमात्र होइन । यो प्रणाली सामाजिक, सांस्कृतिक र आर्थिक बहुलताको उद्बोध र प्रत्याभूतिसमेत हो । समग्रतामा स्वतन्त्रताको बहुलता । यस्तो प्रणालीको आधार र रक्षक भनिने दलहरू नै हुन् जसले विभिन्न जातजाति, लिंग, संस्कृति, क्षेत्र वा सम्पूर्णमा मानव जीवन र जगत्को भौतिकसमेत भावनात्मक प्रतिनिधित्व र प्रतिरक्षा गर्छन् । विचार र सिद्धान्तका वाहक दलहरू नै हुन् । मान्यता यही हो ।  
राजनीति सामूहिक वा सामाजिक शक्ति हो । यही सामाजिक शक्ति कमजोर हुँदा अराजक तत्त्वको रजगज शक्तिशाली हुन्छ नै । एउटा किं वदन्ति छ – गौँथलीको गुँड । 

कुनै अविवेकी मूर्ख मनुष्यको घरमा गौँथली बचरीले गुँड लगाएछ । बच्चाहरू जन्मिदै तिनको घुँइचो बढ्न थालेछ । यो चराको स्वभाव प्रायः ढोकामाथि गुँड पार्ने हुन्छ । 

साँझ, बिहानै यताबाट उता गर्ने यी चञ्चले चराको फिरफिर त्यो घरबेटी मूर्ख मनुष्यलाई असह्य भएछ । भन्नु परोइन मूर्ख हुनु नै अविवेकको प्रतीक पनि हो । उसले उपाय खोज्न थालेछ । यी मूर्ख चरालाई कसरी सधैंका लागि रोक्ने, आउनै नदिने ? 

यस्तै सोच्दै त्यो मान्छेले एक दिन सलाइ कोरेछ र घरको खरको छानोमा झोसी दिएछ । छानोको आगो सल्किँदै थियो । ऊ चाहिँ मादल बजाएर आँगनमा उफ्रिउफ्री नाच्दै थियो । हाँस्दै भन्थ्यो रे – अब कहाँ बस्छस् गाँैथली मोरा हो ? हेर्नेहरू आए । उसको ताल, सुर देखेर अवाक् रहे । आगो निभाइ नसक्नु भयो । 

साँझ परेपछि त बल्ल त्यस मूर्खलाई थाहा भए छ अब आफू नै कहाँ बस्ने ? परिवारको बिचल्ली । नेपाली राजनीति सबै कोणबाट यस्तै छ । दलहरू दलीय वा राजनीतिक संस्कार डढाउँदै छन् । कर्मचारीतन्त्र भस्मासुरको मुद्रामा छ । दलहरूलाई अनियमितताको हात टाउको माथि राख्न सिकाएर वा सघाएर भस्म गर्दैछ । राज्ययन्त्र करिब सबै यस्तै यस्तै । 

आफूलाई पढे, लेखेको सक्षम भन्न रुचाउने कथित सामाजिक सञ्जालका (अ) सामाजिक प्रयोक्ताहरू सिंहदरबारमा आगो लाग्दा नाच्ने मनस्थिति प्रदर्शित गर्छ । देश भएर नै त यी भ्रष्ट नेता पन्पिएका हुन् । त्यसैले देश नै नरहे यी भ्रष्ट कहाँ रहन्छन् र ? कुनै गैरजिम्मेवार अविवेकीले देश नै डढाइ दिन्छु भन्दिए कसो होला ? 

समालिन पर्ने दलहरू नै हो । दल वा संगठन भन्नु अमूर्त स्वरूपका लाग्छन् । जब तिनले सामाजिक र सामूहिक संरचना (विचार, व्यवहार र प्रतिनिधित्व) ग्रहण गर्छन् तब ती संगठन मूर्त देखिन्छन् । दलहरू मूर्त बन्छन् ।       

भन्न खोजिएको रिक्तता कसले भर्ने हो ? यही खाली ठाउँ फराकिने देखेर नै राजालाई धारे हात लगाएर पिठ्युँ फर्केकाहरू पुनः त्यहीँ जम्ला हात गर्न थालेका छन् । यीमात्रै किन स्वतन्त्रको पगरी गुथेकाहरू पनि यस्तै रिक्ततामा फलेका हुन् । देशको विकास भनियोस् कि समृद्धि रोक्न उग्रराष्टर्वादीहरू प्रायोजित ध्वनि झैँ कुर्लिने नै छन् । 

राजनीति राजनीतिकर्मीले गर्नसक्ने काम हो । एक गहना निर्माताको छोराछोरी देखसिकीमा गहना बनाउँ सक्छन् । हामी गाउँलेले देखेकै हो । पुस्तैनी सीप नभएकाले कि प्रशिक्षण लिन्छन् अभ्यास गर्छन् । तब सिक्छन् गहना बनाउन । अर्थात् कुनै पनि पेसामा संलग्नताका दुई माध्यमले सम्भव बन्छ – कि पुस्तैनीे माध्यम कि प्रशिक्षण । 

प्रायः सबै पेसा, व्यवसाय यस्तै हो । चाहे हँसिया, कोदालो र खन्ती, खुर्पा बनाउन होस् वा लुगा कपडा सिलाउ, मिलाउन । अहिले पनि भक्तपुरमा त्यस्ता शिल्पी प्रजापती छन् जसले बाबुबाजेको सीपको सिको गरेर माटाका भाँडाकुँडा बनाउछन् । सीपको बिरासत (लिगेसी) वा प्रशिक्षण, अभ्यास वा पढाइ जे भन्नोस् त्यो चाहिँन्छ । प्रशिक्षणले नै कुनै पनि सदस्यले पेसा, व्यवसायको रुपान्तरण गर्छ वा अर्कै रोज्छ, परिवर्तन गर्छ ।

नेपाली राजनीतिमा न राजनीतिक ज्ञानको बिरासत, न प्रशिक्षणको कौशल । दुवै माध्यम नभएकाहरू रिक्त ठाउँ देखेर उफ्रीपाफ्री गर्दै छन् । अहिलेको यथार्थ एकातिर बिरासतबाट ज्ञान पाएकाहरू लायक भएनन् । अर्कोतिर प्रशिक्षित हुनै बाँकी वा प्रथम चरणमा रहेकाहरू कति टिक्ने हुन् ? थाहा छैन । प्रवृत्तिले भरपर्दा छैनन् । भन्छन् नि – खुट्टी देख्दै पत्याएँ । थप, अझ थप खाली हँुदै गए त्यस ठाउँमा आउने वा पलाउने को ? लाग्छ अहिलेको स्थिति यस्तै हो ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !