राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि जारी मतगणनामा १०० मतको गणना भएको छ ।
अध्यक्षमा राधकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन् । उनीहरूले समान ५०–५० मत पाएका छन् ।
निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ । एकहजार चारजना प्रतिनिधि रहेकोमा ३९ जनाले मत दिएनन् ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित २०५ सदस्यीय कमिटी चयन हुने छ । सचिवबाहेकका पदाधिकारी र सदस्यमा मतदान भएको हो । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० २०:५९
प्रतिक्रिया दिनुहोस्