site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास जग्गा प्रकरण : आज मीनबहानुर गुरुङसहितका प्रतिवादीका तर्फबाट बहस

काठमाडौं । ललितानिवास जग्गा किर्ते मुद्दामा आज भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका प्रतिवादीको बहस हुने भएको छ ।

सो प्रकरणमा पक्राउ परेका १८ जना थुनामा छन् । यही भदौ ११ देखि १५ गतेसम्म उनीहरूको बयान लिइएको थियो । त्यसपछि गएको आइतबारदेखि थुनछेक बहस जारी छ । आइतबार चार र सोमबार चार सरकारी वकिलले बहस गरेका थिए ।

जिल्ला न्यायाधिवक्ता महेश खत्री, रमेश भट्टराई, वासुदेव शर्मा र जनक घिमिरे तथा सहायक जिल्ला न्यायाधिवक्ताहरू चन्द्र सन्जेल, दिनेश भट्टराई, प्रकाश ज्ञवाली र प्रकाश गिरीले बहस गरेका हुन् ।

सोमबार चिया ‘ब्रेक’पछि प्रतिवादीतर्फको बहस सुरु भएको थियो । सोमबार प्रतिवादीहरू शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ र बालकृष्ण श्रेष्ठका वकिलको बहस सकिएको छ ।

आज गुरुङसहितका प्रतिवादीका तर्फबाट बहस हुने जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालय काठमाडौंले भदौ १० गते सरकारी छाप किर्तेमा मुद्दा चलाएको थियो । काठमाडौं जिल्ला अदालतले न्यायाधीश भोलानाथ ढकालको इजलासमा पेसी तोकेर पक्राउ परेकाहरूको बयान लिइएको थियो ।

ललितानिवास जग्गा प्रकरणमा मृत्यु भइसकेका २१ सहित ३१० जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्येका शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, वेदप्रकाश पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरेलाई सीआईबीको टोलीले पक्राउ गरी थुनामा राखेको थियो । उनीहरू अझै थुनामा छन् ।

सीआईबीले संगठित अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा चलाएको थियो । किर्ते आरोपमा प्रहरीले २५ दिन मात्र थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।

सो प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाएको छ । त्यसमा ललितानिवासस्थित जग्गाका तत्कालीन मालिक सुवर्णशमशेरको परिवारका सदस्यहरू पनि छन् । पक्राउ परेका १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro