site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कान्तिपुर टीभीसहित १२ कम्पनी आईपीओ निष्कासनको लाइनमा, कुनको कति ?

काठमाडौं । पछिल्ला दिनहरूमा धितोपत्र बजारमा प्राथमिक सेयर (आईपीओ) प्रिमियम मूल्यमा निष्कासन गर्ने कम्पनीहरू थपिँदै गएका छन् । तर, हाल नेपाल धितोपत्र बोर्डमा हाइड्रो र ‘अन्य’ समूहमा पर्ने १० वटा कम्पनीले भने अंकित मूल्य १०० रुपैयाँमा नै आईपीओ निष्कासनका लागि निवेदन दिएका छन् ।

निवेदन दिएकामध्ये दुईवटा उत्पादन तथा प्रशोधन समूहमा पर्ने कम्पनीले भने ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नेमा रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्ट रहेका छन् । यी दुई कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत सेयर बिक्री गरेर मात्र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछन् ।

Dabur Nepal

बाँकी १० वटा कम्पनीले भने बोर्डबाट स्वीकृति पाएपछि हाल प्रचलित प्रक्रियाबाट नै आईपीओ निष्कासन गर्नेछन् । आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिनेमा हिमस्टार कम्पनी, डिस मिडिया नेटवर्क, आईएमई लिमिटेड, दरमखोला हाइड्रो इनर्जी र कान्तिपुर टेलिभिजन रहेका छन् ।

यस्तै, एक्कर्ड फर्मास्युटिकल्स, नेपाल वेयरहाउजिङ कम्पनी, ट्रेड टावर, मुक्तिनाथ कृषि कम्पनी र सानिमा हाइड्रोपावर पनि आईपीओको तयारीमा रहेका छन् ।

यी कम्पनीहरूले आईपीओ निष्कासनका लागि विभिन्न समयमा बोर्डमा निवेदन दिएका हुन् । कतिपयले भने यसैवर्ष आवेदन दिएका छन् । प्रचलित नियमअनुसार आवश्यक कागजपत्र पूरा नगरेपछि यी कम्पनीहरूको आईपीओ प्रक्रिया अगाडि नबढेको बोर्डले जानकारी दिएको छ ।

कुन कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्दै छन् ?

raw1j-1693580349.jpg

बोर्डमा आवेदन दिँदाको विवरणअनुसार हिम स्टार ऊर्जा कम्पनीले ११ लाख १९ कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । यो कम्पनीले २०८० जेठ ३१ गते बोर्डमा आवेदन दिएको हो ।

त्यस्तै, डिस मिडियाले एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्ने बोर्डमा २०८० असार १२ गते अवेदन दिएको हो । आइएमई लिमिटेडले २०८० असार २९ गते १० लाख कित्ताका लागि र दरमखोला हाइड्रो इनर्जीले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०८० भदौ ५ गते अनुमति माग गरेको हो ।

कान्तिपुर टेलिभिजनले सात लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा २०८० जेठ २८ गते निवेदन दिएको छ । एक्कर्ड फर्मास्युटिकल्सले २०७९ पुस ४ गते सात लाख ६ हजार ९०९, नेपाल वेयरहाउजिङ कम्पनीले २०७९ पुस २२ गते १३ लाख ७५ हजार, ट्रेड टावरले २०७९ असार १४ गते ११ लाख ५८ हजार ९८० र सानिमा हाइड्रोपावरले २०८० जेठ २६ गते १४ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेका छन् ।

तर, मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएको डेढ वर्ष बितिसक्दा पनि अनुमति पाएको छैन । यो कम्पनीले २०७८ फागुन २० गते बोर्डमा आईपीओ निष्कासनका लागि  निवेदन दिएको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

हालसम्म पनि यो कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएको छैन । तर, प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न चाहने कम्पनीले भने लगातार आईपीओ निष्कासन गरिरहेका छन् । हाल सिटिजन लाइफ इन्स्योरेन्सले पनि आईपीओ प्रतिकित्ता २४४ रुपैयाँमा निष्कासन गरिरहेको छ । यो कम्पनीको आईपीओमा आवेदन दिने अवधि भदौ १९ गतेसम्म रहने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro