site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुईथान पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ, बसमा आगजनी
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१, लोकन्थली कखरा स्कुलनजिकैबाट प्रहरीले दुईथान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित गए राति एकजनालाई पक्राउ गरेको छ । 

सडकमा शंकास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोटबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थलीमा बस्दै आएका ४० वर्षीय जंगे माझीलाई पक्राउ गरेको हो ।

माझीको साथबाट दुईथान कटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरिएको प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार भएको प्रहरीले जनाएको छ ।

एटीएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा पक्राउ
यस्तै, भक्तपुर नगरपालिका–१०, कमलविनायक भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको छ ।

बसमा आगजनी
आज बिहान मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटो चोकनजिक सडकछेउमा पार्किङ गरिराखेको बा४ख ६६६९ नम्बरको बसमा आगजनी गरिएको छ ।

कमलविनायकबाट रत्नपार्क जाने क्रममा भाडाको उक्त बसमा आगजनी गरिएपछि प्रहरी वृत्त थिमिको टोली र जुद्ध वारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro