site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दुई ओभरमै नेपाललाई तेस्रो झट्का

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले आसिफ शेखलाई तेस्रो विकेटको रूपमा गुमाएको छ ।

पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्यसहित ब्याटिङका लागि आएको नेपालले आसिफलाई पाँच रनको व्यक्तिगत स्कोरमा गुमाएको हो । आसिफ नसिम साहको बलमा इफ्खिर अहमेदले क्याच आउट गराएका थिए ।

हाल १.४ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर १४ रन बनाएको छ । 

त्यसअघि नेपालले पहिलो ओभरमा नै दुई विकेट गुमाएको थियो । नेपालले पहिलो ओभरको पाँचौ बलमा नै कुशललाई १० रनमा र त्यसपछि ब्याटिङका लागि आएका कप्तान रोहितकुमार पौडेललाई गोल्डेन डकको रूपमा गुमाएको हो । 

कुशललाई पाकिस्तानका साहिनसाह अफ्रिदीले विकेटकिपर मोहम्मद रिजवानबाट क्याच गराए । त्यस्तै, रोहित एलबीडब्लूको धरापमा परे ।

नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक डीआरएस लिए पनि कप्तान रोहितको निर्णय सही नहुँदा उनी पभेलियन फर्किए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro