site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो ओभरमै नेपालको दुई विकेट गयो, कप्तान रोहित ‘गोल्डेन डक’
Tiktok banner adTiktok banner ad

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले पहिलो ओभरमा नै दुई विकेट गुमाएको छ ।

पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्यसहित ब्याटिङका लागि आएको नेपालले पहिलो ओभरमा नै कुशललाई १० रनमा र त्यसपछि ब्याटिङका लागि आएका कप्तान रोहितकुमार पौडेललाई गोल्डेन डकको रुपमा गुमाएको हो । 

कुशललाई पाकिस्तानका साहिनसाह अफ्रिदीले विकेटकिपर मोहम्मद रिजवानबाट क्याच गराए । त्यस्तै, रोहित एलबीडब्लूको धरापमा परे ।

नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक डीआरएस लिए पनि कप्तान रोहितको निर्णय सही नहुँदा उनी पभेलियन फर्किए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको योगफल खडा गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro