site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो पावर प्लेमा नेपालको उत्कृष्ट सुरुआत 

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले पहिलो पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।

टस हारेपछि फिल्डिङमा आएको नेपालले ब्याटिङमा रहेको घरेलु टिम पाकिस्तानविरुद्ध सुरुआती १० ओभरमा ४४ रन दिएर दुई विकेट लिएको छ । हाल पाकिस्तानबाट क्रिजमा रहेको कप्तान बाबर आजम १२ रनमा र मोहम्मद रिजवान सात रनमा खेलिरहेका छन् ।

Dabur Nepal
NIC Asia

नेपालले छैटौँ ओभरमा करण केसीबाट पहिलो सफलता पाएको थियो । करणले ५.३ ओभरमा फखर जमानलाई आउट गरेका थिए । यस्तै, नेपालले सातौँ ओभर पहिलो बलमा पाकिस्तानका इमाम उल हकलाई रनआउट गर्दै दोस्रो सफलता प्राप्त गरेको थियो । सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए । 

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो । 

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro