site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता, रोहितको उत्कृष्ट रनआउट

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालका दोस्रो सफलता प्राप्त गरेको छ ।

टस हारेपछि फिल्डिङमा आएको नेपालबाट सातौँ ओभर पहिलो बलमा पाकिस्तानका इमाम उल हकलाई रनआउट गर्दै दोस्रो सफलता प्राप्त गरेको हो । 

Dabur Nepal
NIC Asia

सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए । हाल ६।३ ओभरको खेल सकिँदा पाकिस्तानले दुई विकेट गुमाएर २७ रन बनाएको छ ।

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो । 

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro